२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिल्म असफलपछि मुम्बई हानिएकी अदितीले माल्दिभ्सको समुन्द्रमा ग्ल्यामर अवतार ढोलिन् [फोटोफिचर]

Actress Aditi Budhathoki hot picture

काठमाडौं । नायिका अदिती बुढाथोकी होम प्रोडक्सनको फिल्म ‘बाबरी’ पछि कुनै पनि फिल्ममा अनुबन्धित छैनन् । यो फिल्म बक्सअफिसमा असफल भएपछि मुम्बईतिर लागेकी अदितीले यो बीचमा एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरिन् । अहिले यिनै अदिती माल्दिभ्समा पुगेर आफ्नो ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् । हुन त माल्दिभ्स विशेषत बलिउडका कलाकारका लागि हनिमुन र छुट्टी मनाउने उत्कृष्ट गन्तव्य हो । अहिले यो स्थान नेपाली कलाकारका लागि पनि गन्तव्य बन्दै गएको छ ।

अदितीले आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । फिल्म लाइनमा आउनुअघि उनका धेरै ग्ल्यामर फोटोसुट गराउनुका साथै ती तस्बिर सामाजिक सञ्जालमा पनि राख्दै आएकी छन् । अदितीले नेपाली फिल्म ‘कृ’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । यसपछि उनले ‘बाबरी’मा काम गरिन् । तर उनले चर्चा भने फिल्मभन्दा बढी ग्ल्यामरबाट नै पाइरहेकी छन् ।

 

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस