२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायल आक्रमण घटनामा सन्तुलित ढंगबाट प्रस्तुत हुन र उद्धारमा जोड दिन सरकारलाई एमालेको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारलाई इजरायलमाथि हमासको आक्रमणको विषयमा सन्तुलित ढंगबाट प्रस्तुत हुन सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालीहरुको उद्धारमा सरकार समन्वयकारी भूमिकामा प्रस्तुत हुन भनेको बताए । बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएका नेपालीको उद्धारमा सरकारले गरेको कामबारे जानकारी गराएको बताए ।

उनले भने, ‘यसमा सरकारले सन्तुलित हिसाबले प्रस्तुत हुनुपर्यो । असन्तुलित हिसाबले सरकार कहीँ पनि प्रस्तुत हुनु हुँदैन ।’ बंकरमा बसेका व्यक्तिहरुलाई उद्धार गर्न आवश्यक कदम चाल्न सरकारलाई भनेको उनले बताए ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस