२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलको युद्ध क्षेत्रबाट यी ३२ नेपालीको उद्धार [ नामावलीसहित ]

काठमाडौं । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको छ। इजरायण्लमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् ।

बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो । उनीहरुले अब आफूहरुलाई चाँडै नेपाल फर्काउन आह्वान गरेका छन् । युद्ध क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याइएका विद्यार्थी सुदुरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएकाहरु हुन् ।

 

 

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस