२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग, १० नेपालीको मृत्युले स्तब्ध

२२ असोज, काठमाडौं । नेकपा (एमाले) ले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको उनले बताएका छन् । उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घटनामा घाइतेहरुको तत्काल उपचारको बन्दोबस्त गर्न माग गर्दै ओलीले भनेका छन्, ‘अप्ठ्यारोमा परेकाहरुलाई उद्धार तथा ज्यान गुमाउनेहरुको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।’

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस