२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाँचबुझ आयोगले सुन तस्करीको छानबिन सुरु गर्‍यो

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम सुरु गरेको बताए । उनले कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरे । अध्यक्ष आचार्यले सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कही कमजोरी खोज भन्ने कार्यदेश रहेको बताए । उनले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताए । अध्यक्ष आचार्यले अदालतलाई भए सरहको अधिकार आयोगले पाउने बताए ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी इलेक्ट्रोनिक सिगरेट (भेप) र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझाबका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिएको छ । त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस