२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भेपबाट सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई प्रहरीले पक्राउ नगर्ने, मौकाको बयान काजग मात्रै

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ नगर्ने भएको छ । महराको चिनियाँ तस्करसँग सम्पर्क देखिएपनि पक्राउ नगरी प्रहरीले बयान काजगमात्रै गराएको हो ।

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग महरा र उनका छोराको सम्पर्क देखिएको थियो । सोही प्रकरणमा उनका छोरा राहुल महरा भने भदौ १३ गते नै पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुशन्धान प्रतिवेदन बुझाएको थियो । अनुशन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि अनुशन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख समेत रहेका महराले सुन तस्करीसम्बन्धमा अनुशन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका थिए । सुन तस्करी प्रकरणका नाइके चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस