२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने

काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी वृहत खुल्ला कृकेट प्रतियोगिताको आयोजना गर्न लागिएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी दिए ।

सचिव कमल पाण्डेका अनुसार भदौ २५ गते बसेको समाजको पुर्ण बैठकले कात्तिक ८ गतेदेखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको हो । खुल्ला क्रिकेट प्रतियोगिता रिब्दिकोट गा. पा – १ ख्याहा कराम्दीको खेल मैदानमा हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । समाजले बेला बेलामा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, नि:शुल्क स्वास्थ शिबिर, रक्तदान, लगायतका सामाजिक काम गर्दै आएर सर्वत्र वाहवाही बटुल्दै आएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस