२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा पूर्वप्रधानमन्त्री ओली राष्ट्रपतिलाई गम्भीर प्रश्न गर्दै सरकारमाथी खनिए

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर आक्रोश व्यक्त गरेका छ्न । उनले प्रचण्ड सरकारले हिंसाको जयगान गर्दै फागुन १ गते जनयुद्धका नामम सराकारी बिदा दिइएको आपत्ति जनाउदै उक्त बिदा फिर्ता लिन जोडदार माग गरेका छन् । साथै ओलीले आफूहरु दिगो शान्ति ब्यबस्थापनका पक्षमा रहेको बताउदै बिगतका घाउहरु अरुलाई दुख्ने गरि नकोट्याउन समेत आग्रह गरे।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्। उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी–लखेटी हत्या गरेको आरोपमा जेल सजाय काटिरहेका दोषी रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा माफी दिएर सरकारले अराजकता निम्त्याएको भन्दै राष्ट्रपतिमाथी गम्भीर प्रश्न उठाएर सरकार विरुद्ध खनिएका छ्न।

रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए। ‘एउटा दिनदहाडै बजारमा लखेटी–लखेटी खुँडाले काटी–काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी–छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

उता पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए। ‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानून बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’ एसिड पीडितलाई न्याय दिन संसद नबसेका बेला आफूले अध्यादेशबाट कानून बनाएको उनले बताए । ‘कानून त कडा बनाएको हुँ । महिला खुसी भएका थिए,’ उनले भने ।

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उनले भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई आग्रह गरे। गृहमन्त्री श्रेष्ठले हेटौंडामा पुगेर आइतबार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएर लागेको बताएका थिए । त्यहाँ उनले प्रहरीले नै काम राम्रो गरेका कारण आयोगले गरिरहनुनपर्ने बताएका थिए ।

सुन तस्करीबारेको आयोग बनाऊँ भन्दा गृहमन्त्री नै विरोधमा उत्रिएको आरोप ओलीले लगाए । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताए । प्रधानमन्त्री १७ दिन बिदेश भ्रमण गर्दा संसद बन्द गरेको भन्दै ओलीले आपत्ति जनाए। उनले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन्, मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो। सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन।’

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस