२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुशल भुर्तेलको भारतले लिएको विकेटमाथी शंका, के यसलाई क्याच भन्न सकिन्छ शब्द ट्रेण्डिङमा

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदको टी–२० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालको उउत्कृष्ट खेल भन्दै भारतकै पहिलो श्रेणीका खेलाडीले प्रसंशा गरिरहेका छन् । यो बीचमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको भारतले लिएको विकेटमा शंका गरिएको छ ।

सामाजिक सञ्जालभर उक्त रिप्लेको तस्बिर राखेर के यो क्याच हुनसक्छ भनिएको छ । हाम्रो खेलकुदले राखेको तस्बिर सर्वत्र फैलिएको छ । भारतका आवेश खानले लिएको क्याचमा बल र हात जमिनमा गाडिइसकेको देखिन्छ । के यसलाई क्याच भन्न सकिन्छ भन्ने शब्द सहितको ह्यास ट्याग अहिले ट्रेण्डिङमा आएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस