२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ज्योतिषीय मान्यता अनुसार धन एवं विद्याको उपाय: गणेश भगवानको आराधना

Worship of Lord Ganesha

काठमाडौं । भगवान गणेश मंगलकारी हुनुहुन्छ, सुखकर्ता एवं दुखहर्ता हुनुहुन्छ, जसको कृपाबाट बिघ्नको पनि नाश हुन्छ र मनुष्यको कल्याण हुन्छ। केवल धार्मिक गुणको प्रतीक मात्र नभई भगवान श्रीगणशको पूजाको ज्योतिषीय महत्व पनि छ।
मंगलमूर्ती भगवान गणेश विद्या र बुद्धिको देवता हुनुहुन्छ अर्थात ग्रहमा बुध देवता र केतु ग्रह पनि उहाँकै कृपा पाएर शुभ फल दिन्छन्।

अत: कुंडली मा बुध एवं केतुबाट शुभ फल प्राप्ति गर्नका लागी विशेष रूप बाट गणेश भगवानको आराधना गरनु पर्दछ।
खास गरी विद्यार्थी वर्ग, शिक्षक, पत्रकार, वक्ता, संचालक, लेखक आदि को लागि भगवान गणेश ईष्ट मानिनुभएको छ किनभने उहाँको कृपाबाट नै बुधबाट शुभ प्रभाव मिल्नेगर्छ र जातक यस्तै सम्बन्धित क्षेत्रमा निकै सफलता हासिल गर्दछ।

यदि तपाईंको वाणी मा कुनै दोष छ, तर्कशक्ति कमजोर छ, ज्ञानको कमी छ, विवेकद्वरा काम गर्न सकिरहेको छैन, जे बोल्नुहुन्छ त्यो अनुचित भैदिन्छ वा बोलीको कुनै प्रभावी नै भैरहेको छैन, लेख्न वा रचना गर्न चाहदा पनि लेखनमा प्रखरता आईरहेको छैन भने तपाईंले भगवान गणेशको आराधना गर्दा यससम्बन्धी उचित सुधारहरु हुँदै जानेछन्।

खास गरि भावान गणेशद्वारा प्रमुख शासकिय ग्रह भनेको मंगल हो र मंगलले शुभतालाई दर्शाउछ त्यसैले पनि भगवान गणेशलाई मंगलमुर्ति भनिने गरिछ। जुनसुकै शुभ कार्यको अगाडि भगवान गणेशको नाम स्मरण गरिने गरिन्छ अर्थात यसको मतलब यो हो कि संपूर्ण शुभ कार्य एवं प्रतिष्ठाको अधिष्ठाता गणेश जी नै हुनुहुन्छ। मंगलबार भगवान गणेशको व्रत एवं पूजा हुने गर्छ जसको फलस्वरूप संतान सुख मिल्ने, अंगारक दोष या आर्थिक अभाव कम हुने आदि गर्छ भने मंगलबारको दिनमा चतुर्थी तिथि पर्दा अझ विशेष मान्न सकिन्छ।

लक्ष्मी र सरास्वती सँगसँगै गणेश जीको पनि प्रतिमा कुनै तस्वीर या मंदिरमा देख्न पाईन्छ भने पुराणिय मान्यता अनुसार गणेश भगवानलाई शक्ति या प्रकृतिको रूपमा पनि प्रस्तुत गरिएको छ। धनलक्ष्मी र सरास्वती दुवैको एक रुप मंगलमुर्ती हुनुन्छ र सम्पूर्ण जगतको मंगलको कामना गर्नुहुन्छ त्यसैले गणेश जीको आरधाना गर्दा धन अर्थात शुक्र ग्रह एवं विद्या एवं वाणी अर्थात बुध ग्रह दुवै शुभ हुने गर्छ र जीवनमा शुभ प्रभाव पारीरहन्छ।

कुण्डलीमा बुधको शुभतालाई बढाएर आफ्नो विद्या, बु र वाणीलाई निखार गर्न सकिन्छ यसको साथ साथै आफ्नो लेखन क्षमतालाई पनि प्रभावकारी बनाउन सकिन्छ । यही कारणले नै कला को क्षेत्र मा सबसे अधिक माता सरस्वती र भगवान गणशको पूजा हुने गर्छ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस