२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शंका लागेर दुई युवकको पेन्टी खोलेर हेर्दा प्रहरी नै झस्कियो

दमक, असोज १५ गते । झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।

आइतवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट एक युवाले भित्री वस्त्र (पेन्टी) को इलास्टिकमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । मेचीनगर नगरपालिका –६ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्ध शान्ति गाउँपालिका –४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका –७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागुऔषध भित्र्याउन लागेको आशङ्का लागी जाँच गर्दा थेवेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाइछिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्राम फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस