२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरा उडेका जहाज विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं फर्किए

काठमाडौं । काठमाडौंबाट आज (सोमबार) पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं नै फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको जानकारी दिए । ‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले भने ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस