२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर प्रभु बैंकले बिक्रीमा राखेको हो ।

हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बिक्रीमा राखिएको सेयरमा खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सो आवेदन बुझाउनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस