२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा संस्थापनलाई निरन्तरता कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरिएको हो । गुरुङ पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुुनुहुन्छ ।

भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताउँनुभयो ।
“संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भन्नुभयो । उहाँले सन् २००६ मा गठन भएको स्थापन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन भएको बताए ।

लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आउनुभएको छ । त्यस्तै भेलामा उपस्थित सचिव जुनु गुरुङले एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताउनुभयो । कमिटीको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस