२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो डरलाग्दो हुँदैछ आज सहित आगामी तीन दिन मौसम

weather forecast nepal today

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजसहित आगामी तीन दिनको मौसम अपडेट गराएको छ । अब केहीदिन मौसम डरलाग्दो हुने मौसम बुलेटिनमा उल्लेख छ । तीन दिनको जानकारी तल बुलेटिनबाट लिनुहोस् ।

 

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०८० असोज १४ गते बिहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशीमधेशबागमतीर कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०८० असोज १४ गते (आइतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमतीगण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमती  गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० असोज १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशीमधेशबागमतीगण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीमधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: कोशीमधेशबागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशीबागमती  लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८० असोज १६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीमधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: कोशीमधेशबागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशीमधेशबागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशीमधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) कोशीमधेशबागमतीगण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्नेबाढीपहिरोभू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्यकृषिदैनिक जनजीवनसडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस