२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सविरुद्ध नेपाललाई एकपछि अर्को गर्दै लगातार चौथो झट्का

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा माल्दिभ्सविरुद्ध खेलिरहेको नेपाललाई एकपछि अर्को गर्दै लगातार चौथो झट्का लागेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भइरहेको खेलमा नेपालको लगातार चार विकेट पतन भएको छ ।

८ बलमा एक चौका सहित ६ रन जोडेर आसिफ शेख कट आउट भए । पाँच चौका र एक छक्का सहित १८ बलमा ३५ रन जोडेर अर्का ओपनर कुशल भुर्तेल एल बी डब्ल्यू बोल्ड भए । बिनोद भन्डारी र सन्दीप जोरा कट आउट भए । बिनोदले १५ बलमा १३ रन जोडे भने सन्दीपले ९ बलमा ५ रन जोडे । अहिले गुल्शन झा र रोहित पौडेल क्रिजमा छन् ।

माल्दिभ्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो । ओपनरको रुपमा कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिएका थिए ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस