२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा माल्दिभ्सविरुद्ध खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भइरहेको खेलमा नेपालको एक विकेट पतन भएको छ । ८ बलमा एक चौका सहित ६ रन जोडेर आसिफ शेख बोल्ड आउट भएका छन् । माल्दिभ्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो । ओपनरको रुपमा कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिएका थिए । अहिले बिनोद भण्डारी र कुशल भुर्तेल क्रिजमा छन् । कुशल खेलमा चम्किएका छन् । चार चौका, एक छक्का सहित १५ बलमा ३० रन जोडेका छन् । बिनोद भण्डारीपनि मैदानमा प्रवेश गर्नासाथ एक चौका सहित ७ बलमा ९ रन जोडेका छन् ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस