२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी छानविनका लागि अयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आयोगले अध्यययन गरेर सरकारलाई सुझाव सिफारिस गर्ने उनले बताइन्।

उनले भनिन् – ‘सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरियो । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन भएको छ। सदस्यहरु किशोरजंग कार्की अर्थविज्ञको रुपमा, प्रेमराज जोशी गृहसँग सम्बन्धित हुनुहुन्छ र अर्को सहकुल थापा । चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । यसमा टिओआरमा, सबै कुरामा सहमति भएर आवश्यक व्यवस्थित प्रतिवेदन सरकारलाई सिफारिस गर्नुहुनेछ ।

प्रधानमन्त्रीले निर्देशन गरिसक्नु भएको छ । प्रधानमन्त्रीज्युको निर्देशनमा सम्भवतः अहिले आयल निगमले सूचना सार्वजनिक गर्दै होला । मुल्यवृद्धि तत्काल रोक्ने र साविककै मूल्य कायम गर्ने प्रधानमन्त्रीज्युले निर्देशन गर्नुभएको छ ।’ मन्त्री शर्माले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको पनि बताइन्। उनले आयल निगमले मूल्यवृद्धि फिर्ताको सूचना सार्वजनिक गर्ने बताइन्।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस