२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिवि केन्द्रीय पुस्तकालयको गेटमा स्ववियुको रातभरि धर्ना, विद्यार्थीका हित हुने माग

१४ असोज, काठमाडौं । केन्द्रीय पुस्तकालय सातै दिन र चौबिसै घण्टा खुला राख्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससको स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन थप चर्काएको छ । ९ असोजदेखि स्ववियुले हरेक साँझ ५ बजेदेखि विहान १० बजेसम्म र शनिबार पनि ढोकामा चाबी लगाउन नदिएर खुला राख्नुका साथै हरेक साँझ ७ बजेदेखि ८ बजेसम्म ‘सिकाइपूर्ण साँझ’ कार्यक्रम गर्दै आएको छ ।

‘सिकाइपूर्ण साँझ’ मा विभिन्न विषयका प्राध्यापकहरुबाट प्रवचन हुने गरेको स्ववियु अध्यक्ष श्यामराज ओझाले जानकारी दिए । ओझाले भने, ‘यो केन्द्रीय पुस्तकालय हो । हो २४ घण्टा सातै दिन खुलाउने हाम्रो आन्दोलन हो ।’

स्ववियुले कर्मचारी विदा भएर जाने समयदेखि कार्यालय आउने बेलासम्म ढोकामा बसेर खुला गरिरहेको छ । यस विषयमा कुनै पनि खालको वार्तामा नभुल्ने समेत अध्यक्ष ओझाले बताए । उनले भने, ‘हामी वार्ता होइन कार्यान्वयन खोजिरहेका छौं । कार्यान्वयन नभएसम्म हाम्रो सिर्जनात्मक आन्दोलन जारी रहन्छ ।’ आन्दोलन रोकिने भनेको नै २४ घण्टा सातै दिन पुस्तकालय खुल्नु हो उनले भने ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस