२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज शनिबारको मौसम अपडेट : नेपालबाट मनसुन कहिले बाहिरिएला

weather forecast nepal today

काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो ।

आगामी ३–४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस