२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जान्नुहोस्, कुन कुन समय के के खाने ? – बेवास्ता गरे विष बनेर खानाले नै ज्यान लिनसक्छ

काठमाडौं । हामीले दैनिक खाने समय सही छ वा छैन ? कुन कुन समय के के खाने भन्ने बारेमा मानिसहरु अनभिज्ञ नै छन् । मानिस जुनसुकै समय पनि बढी खाने गर्दछन् । त्यसको कुनै समय तोकिएको हुँदैन । जसले गर्दा मानिसको शरीर अनावश्यक रोगहरुले सताउन थालिरहेको हुन्छ । त्यसैले मानिसले आफ्नो स्वस्थ राख्ने हो भने खाने समय निश्चित गर्नु आवश्यक छ ।

कुन समयमा के खाने भन्ने बारेमा तालिका बनाउनुपर्दछ । यसले गर्दा मानिसको शरीर अनावश्यक रोगहरुले सताउन छोड्दछ । स्वास्थ्यका लागि फलफुल खानु सबैभन्दा उपयुक्त मानिन्छ । तर, त्यो फलफूल पनि कुन बेला खाने भन्ने बारेमार जान्नु नितान्त आवश्यक छ । फलफुलमा निकै धेरै पौष्टिक तत्व हुने गर्छन् । जसले शरीरलाई बलियो र स्वस्थ बनाउन सहयोग गर्छ ।

पेटलाई सफा र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि खालीपेटमा फलफुल खानु उपयुक्त मानिन्छ । खाली पेटमा फलफुल खाँदा त्यसमा रहेको भिटामिन र मिनरल्सलाई शरीरले राम्रोसँग लिन्छ । यदी तपाई नियमित व्यायाम गर्नुहुन्छ भने फलफुल खानु निकै आवश्यक हुन्छ । व्यायाम सुरु गर्नुभन्दा पहिले फलफुल खानाले शरीरमा उर्जाको तह सन्तुलित हुन्छ र व्यायामका लागि उर्जा प्रदान गर्छ । फलफुल खाँदा प्राय मौसमी फलफुल रोज्नुपर्छ ।

बेमौसमी फलफुल ताजा नहुने र त्यसलाई सुरक्षित गर्न औषधिको प्रयोग हुने भएकाले यो स्वास्थ्यका लागि उपयुक्त मानिदैन् । खाना खाने वित्तिकै फलफुल खानु उपयुक्त मानिदैन । भोजन ग्रहण लगत्तै शरीरको अवशोषित क्षमता सुस्त हुने भएकाले पेटमा ग्यास जम्मा हुने सम्भावना हुन्छ । रातको समयमा अत्यधिक पानी युक्त फलफुल खानु फाइदा जनक हुँदैन् । जस्तो तरभुजा, अंगुर, सुन्तला, जस्ता फलफुललाई सकेसम्म रातको समयमा खानुहुँदैन । रातीको समयमा यस्ता फलफुल खाँदा पटक पटक पिसाव लाग्ने समस्या हुनसक्छ । मेवा र अम्बा जस्ता फलफुल भने रातको समयमा पनि खान सकिन्छ ।

स्वास्थ्यका लागि महत्वपूर्ण मानिने अनारलाई बिहानको समयमा खान सकिन्छ । बिहानको समयमा अनार खानाले शरीरमा उर्जा प्राप्त भइरहन्छ । मेवालाई बिहान खाजा पछि र दिउसो लन्च भन्दा पहिले खानु फाइदा जनक मानिन्छ । दिउसो चार बजेपछि सुन्तला खानु स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । त्यस्तै दिउसोको खानापछि केरा खानु उपयुक्त मानिन्छ । आँपलाई खाना खानुभन्दा एक घण्टा पहिले वा पछि सेवन गर्नु स्वास्थ्यका हिसाबले उपयुक्त मानिन्छ । एजेन्सीको सहयोगबाट

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस