२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्री एयरलाइन्सको जहाजमा उड्दा-उड्दै समस्या, बुद्धको जहाज ‘ट्याक्सी वे’ बाटै फिर्ता

काठमाडौं । श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए ।

त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । यो जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो । पाइलटले आकस्मिक अवतरणसँगै थप सहयोग समेत मागेका थिए । सो जनाउ दिन पाइलटले ‘प्यान’, ‘प्यान’, प्यान’ भन्ने गरिन्छ ।

शुक्रबार नै इन्डिकेसन समस्याका कारण पोखरा उड्नै लागेको बुद्ध एयरको बीएचए ६१९ जहाज ‘पार्किङ वे’मै फर्काउनु परेको छ । अपरान्ह ‘ट्याक्सी वे’बाट जहाजलाई फर्काइएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस