२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बसन्तपुरमा पुष्पवृष्टीसहित बालेन–बालेन जयजयकार, राष्ट्रपतिको अपमान !

काठमाडौं । नेपाली नागरिक पुराना दलसँग अत्यन्तै वितृष्णामा छन् र नयाँसँग ठूलो अपेक्षा राखेका छन् भन्ने उदाहरण काठमाडौंको बसन्तपुरमा देखियो ।

इन्द्रजात्राको औपचारिक कार्यक्रम बसन्दपुर दरबार क्षेत्रमा चलिरहेको थियो । जीवित देवी कुमारीको दर्शन राष्ट्रप्रमुखले गर्ने परम्परा अनुसार राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुर दरबार क्षेत्रमा रहेको गद्दी बैठक कक्षको छतमा पुगेका थिए । त्यहाँ देशका विशिष्ट व्यक्तिहरुपनि पुगेका थिए । त्यही कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहपनि पुगेका थिए ।

कार्यक्रममा जाँदा र सकिएर फर्किदा भने अलिक फरक दृष्य देखियो । बसन्तपुर दरबार प्रवेश स्थान जुद्द वारुणयन्त्रको कार्यालयबाट नै यो पटक भीभीआईपीहरु पैदल सवार गरे । यसअघि भीभीआईपीका गाडी दरबारको बैठक कक्षको ढोकामा नै पुग्थ्यो ।

तर बालेनले विश्वको सम्पदा भएकाले त्यस क्षेत्रमा सर्वसाधारणको मात्र हैन, सबैका सवारी आवागमन बन्द गराए । त्यो कार्यन्वयन बालेन महानगरको सत्तामा आएपछि नै भयो । त्यसको सम्मानमा सम्पदा प्रेमीहरुले बालेन पैदल हिड्दा छतमार्फत आकाशदेखि पुष्पवृष्टी गराए । बालेन, बोलन भन्दै जयजयकार गरे । तर त्यही बीचमा राष्ट्रपति आउँदा जाँदा भने अपमान गरे । राष्ट्रपतिले हात हल्लाउँदा पछाडि फर्किदिए । गालीका शब्दहरु (यहाँ लेख्न नमिल्ने) व्यक्त गरे ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस