२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अचानक किन लिए एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले उम्मेदवारी फिर्ता

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । यसैबीच प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले हिजो वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर नेतृत्वले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति गरेपछि पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिन सहमति जनाएको एमाले निकट स्रोतले जनाएको छ ।

पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका आकाँक्षीको संख्या ४ जनामा झरेको छ । अध्यक्षका लागि अब रामेछापका कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, कृष्ण दाहाल र केशरकुमार बुढाथोकीले मनोनयन दर्ता गराएका छ्न । उम्मेदवार ४ जना भएपनि मुख्य प्रतिस्पर्धा रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच हुने आँकलन गरिएको छ । मनोनयन फिर्ता लिएका पाण्डेले पनि ढुंगेल पक्षलाई समर्थन जनाएको स्रोतले बताएको छ ।

अध्यक्षका प्रत्यासी ढुंगेल एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले नै ढुंगेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन निर्देशन दिएका थिए । सर्वसम्मत अध्यक्ष बनाउन सहमति नजुटेपछि निर्वाचन मार्फतनै ढुंगेललाई अध्यक्ष बनाउन ओलीले नेताहरुलाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बताएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले पनि समर्थन गरेपछि ढुंगेल पक्ष थप उत्साही बनेको छ । ढुंगेल स्वयंले भने आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान भने अझैसम्म सुरु हुन सकेको छैन । केही प्राविधिक कामहरु बाकी रहेको कारण मतदानमा ढिलाई भएको एमालेले जनाएको छ । मतदान सुरु नभएपछि पार्टी मुख्यालय च्यासलमा उपस्थित नेता कार्यकताहरु नाँचगान गरेर समय काटिरहका छन् ।

उम्मेदवारी फिर्तापछि एमाले बागमती अध्यक्षमा कृष्ण र कैलाशबीच प्रतिस्पर्धा: कसको पल्ला भारी ?

 

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस