२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकार ऋषि धमला पत्नी अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एवं अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस