२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२४ घण्टामा एक हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

today gold price in nepal

काठमाडौं, असोज १० । आज नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन पछिल्लो २४ घण्टामा ह्वात्तै गिरावट आएसँगै आज बुधवार एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चार सय रुपैयाँले घटेको सुन आज ८ सय रुपैयाँले गिरावट आयो ।

त्यस्तै, आज बुधवार तेजावी सुन प्रति तोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस