२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेमिफाइनलमा भारतविरुद्व नेपालले गोल फर्कायो, कमेण्टरले गोर्खाली पावर भने

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलको हाफ पछिको खेलमा नेपालले गोल फर्काएको छ । नेपाल र भारत एक–एक गोलको बराबरी भएको छ । ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका हुन् ।

यसअघि भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भारतका गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो । अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस