२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियाको कानूनमा श्रीमान–श्रीमती मै मोबाइल, बैक ब्यालेन्स चेकका लागि दवाव दिए कठोर सजाय

Australian law

काठमाडौं । अस्ट्रेलिया वैयक्तिक स्वतन्त्रतालाई अत्याधिक संरक्षण गर्ने कानून बनाउने देश हो । यहाँ ठूलो संख्यामा नेपालीहरु पुगेका छन् । यो देशमा पुगेपछिपनि नेपाली श्रीमान–श्रीमाती वा ब्वाईफ्रेण्ड–गर्लफ्रेण्डको झगडाको निहुँ मोबाइल वा बैक ब्यालेन्स हुँदै आएको छ । कोसँग बोलिरहेको छ ?

मोबाइलमा के गरिरहेको छ चासो राख्दा र श्रीमान–श्रीमाती वा ब्वाईफ्रेण्ड–गर्लफ्रेण्ड नै भएपनि अर्काको बैक ब्यालेन्स चलाउँदा सम्बन्ध मात्र सिध्धिएका छैनन् कानूनी झमेलामा समेत परेको छन् । केही दिन अघि नाम परिवर्तित (स्वस्तिका) ले नजिकको अस्ट्रेलिया प्रहरीमा आफ्नै श्रीमानमाथी उजुरी दिइन् ।

उनले श्रीमानमाथी आफ्नो मोबाइल चेक जाँच गर्न दवाव दिएको, आफूले थाहै नपाई बैक ब्यालेन्स खर्च गरेको अभियोग लगाएकी थिइन् । उनको उजुरीमा प्रहरीले श्रीमानलाई पक्राउ गरेर कानूनी प्रक्रियामा सामेल गराएको छ । यसरी बैयक्तिक कुरामा हस्तक्षेप गरेमा अस्ट्रेलियामा कारावास सहित कठोर सजाय भोग्नुपर्छ । एकातर्फ श्रीमान श्रीमतीको सम्बन्ध सकियो । अर्कोतर्फ कानूनी फन्दामापनि परियो ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस