२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मानसिक रुपमा खेल्न सक्दिन भनेर बसेका सन्दीपलाई पारसले एसियाड खेल्न मनाए, आज चीन उड्दै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ ।

तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो । उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए ।

तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो । पाारसले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूले सक्दो कोसिस गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस