२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेन शाह सिध्याउन देशी–विदेशी शक्तिको चलखेल

काठमाडौं । काठमाडौं महाहनगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह सिध्याउन देशी–विदेशी शक्तिको चलखेल सुरु भएको देखिएको छ । अभियान्ता ईः को आन्दोलन त्यसैको एक रुप भएको आँकलन गर्न थालिएको छ ।

विदेशी डलरबाट आन्दोलन र अभियान सञ्चालन गर्नेहरु विस्तारै ईः को आन्दोलनमा सहभागी हुन थालेको देखिन थालेपछिपनि यो आँकलन गर्न थालिएको हो । बालेनलाई असफल बनाउँन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै लागिरहेकोपनि यसअघिका केही घटनाबाट देखिन्छ ।

जे काम थालेपनि अदालतले तत्काल अघि नबढाउन स्टे अर्डर दिने र फैसला पछिसम्म राखिदिने गरेको छ । सरकारलेपनि फोहोर व्यवस्थापन देखि सहरी सुन्दरताका काममा अवरोध एवं असहयोग गर्दै आएको छ ।

व्यवस्थापिकाले स्थानीय तहलाई आवश्यक पर्ने कानून नबनाएर बालेनलाई भने जसरी काम गर्न दिएको छैन । संस्थागत घर बहालकर स्थानीय सरकारकै क्षेत्राधिकार हो ।

तर सरकारले त्यो कर केन्द्रीय कोषमा नै राखिरहेको छ । यसका लागि कानून बनाउँन बालेनले बारम्बार ताकेता गरे । तर त्यो अझै हुन सकेको छैन । बालेनको कार्यशैली देखेर अब २०८४ मा आउने संसदीय चुनावमा सबैलाई बढार्छन् भन्ने संकेत देखेर उनलाई सबैले घेराबन्दी गरिरहेको राजनीतिक विज्ञहरुको दावी छ ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस