२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनविरुद्धको एक सय ९९ घन्टा लगातार उभिएर आन्दोलन, गोडा सुन्निए, माग सुनिएन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र उपमेयर सुनीता डंगोलविरुद्ध सामाजिक अभियन्ता ईः ले उभिएर गरेको विरोध प्रदर्शन लम्बिने भएको छ । गत मंगलबार दिउँसो १ बजेबाट ७७ घन्टे आन्दोलन थालेका ईः ले आफ्नो आन्दोलन एक सय ९९ घन्टासम्म लम्ब्याउने घोषणा गरेका छन् ।

बालेनले चुनावअघि गरेका वाचा पूरा गर्नुपर्ने उनको माग छ । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने वाचा पूरा गर्न उनले दबाब दिइरहेका छन् । महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरूसमेत ६ दिनदेखि नै राष्ट्रिय सभागृहपरिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन् । ईःको विरोधलाई समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू पनि प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले ‘सहर सबैका लागि कि धनीका लागि मात्रै ?’ भन्दै बालेनलाई प्रश्न गरेका छन् । उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’, ‘गरिखान देऊ’, ‘विकल्प देऊ’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका छन् । यसअघि पनि सभागृहअगाडि गत भदौमा फुटपाथ व्यवसायीलगायत स्वतन्त्र युवाहरूले विनाविकल्प फुटपाथ व्यवसायीलाई हटाइएको भन्दै विरोध गरेका थिए । उनीहरूले साइकल–गाडा–परम्परागत मजदुर–उद्यमीलाई विस्थापित गर्न बन्द गर्नुपर्ने, गरिब होइन गरिबी हटाउनुपर्ने, गरिखान दिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक वर्षअगाडि नयाँ बानेश्वरबाट फुटपाथ व्यवसायीलाई हटाउन थालेको महानगरले विभिन्न समयमा ठेलागाडा, साइकल व्यवसायीको सामान जफत गर्ने, सडकमै ती व्यवसायीमाथि हातपात गर्ने, लखेट्नेजस्ता अमानवीय क्रियाकलाप गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस