२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गराएको अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा दोस्रो नम्बरमा पेसी तोकिएको हो ।

प्रचण्डले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए । उक्त मुद्दा ६ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो ।

प्रधानमन्त्री प्रचण्ड हाल मित्रराष्ट्र चीनको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका उनी उतैबाट चीन भ्रमण गएका थिए । अदालतले उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षको रुपमा हेर्नेछ । प्रचण्डले अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी नैतिक संकटमा पर्नेछन् । उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन् ।

उनले आफ्नो लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभई अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै गर्दै रिट खारेज हुनुपर्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस