२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घरभित्र बसेर महिनाको ४० लाख कमाउँछन् यी नेपाली दाजुभाई : यो विश्वास योग्य कुरा छ -भिडियो

काठमाडौं । नेपालभित्र यस्तो कही छैन । घरभित्र बसेर महिनाको ४० लाख कमाउँछन् एक दाजुभाई । विश्वास लागेन । यो विश्वास गर्ने कुरा छ । दाजुभाईले सानो ट्याक्टर नाम गरेको युबट्युब च्यानल बनाएका छन् । प्रदिप चौहानले आफ्ना भाइ पवनलाई भिडियो खिच्न लगाउँछन् । र आफ्नै हातले आँखाले मुस्किलले ठम्याउने अटोमेटिक मेसिनरी सामानहरु बनाउँछन् । झापाका यी दाजुभाईले दुनियाँको मन जितेका छन् ।

ती मेसिनरी सामान र बनाएकै पात्रहरुलाई कृषि कर्म गराउँन लगाउँछन् । त्यो भिडियोमा उर्ताछन् । बदामबाट मानिस बनाएका छन् । रिमोर्ट कन्ट्रोल राखेर ट्याक्टरहरु बनाउँछन् । साथै कथा अनुसार चाहिने सबै सामान आफै बनाउँछन् । यी सबै साना हुन्छन् । तर क्यामेरामा हेर्दा रियल लाइफ देखिन्छ । त्यसलाई भिडियो बनाएर युबट्युबमा राख्छन् ।

उनीहरुको युबट्युबमा एउटा भिडियो नै ५५ करोड, ३५ करोड, २१ करोडसम्म भ्यूज छ । यहाँ नेपाली भन्दा विदेशी भिजिटर छन् । एउटै भिडियोबाट ३७ लाख नेपाली रुपैयाँ समेत आएको प्रदिप चौहानले बताएका छन् । युग क्रियशनको हो । क्रियटिभ माइण्डले जीवनस्तर मात्र हैन, देशलाई ठूलो लाभ पुर्याउँछ । उनीहरुले हजार जना नेपाली खाँडीमा गएर नेपालमा पठाएको रेमिट्यान्स भन्दा बढी विदेशी रकम नेपाल भित्र्याएका छन् । यो नेपालका लागि ठूलो योगदान हो ।

 

 

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस