२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कञ्चनपुरमा तेस्रो बिहे गर्न १४ महिने छोरी खोलाको उखु बारीमा बाँधेर फरार आमा पक्राउ

कञ्चनपुर । शुक्रबार बिहान कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुर्नवास नगरपालिका–२ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी थिइन् । नानीकी आमा शर्मिला चौधरी तेस्रो विहे गर्न आफ्नो १४ महिने शिशु खोला नजिकको उखुबारीमा बाँधेर फरार भएको उनको परिवारले बताएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए। सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो।

उनलाई उद्दार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो। त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्कमा आएको प्रहरीले जनाएको छ। शिशुलाई शर्मिलाकी आमा रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानासहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले शिशुलाई अभिभावकको जिम्मा लगाएको हो। शर्मिलाले बिहीबार साँझ शिशुलाई लिएर माइत घरबाट हिँडेको खुलेको छ। परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानको घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन्। तर, उनका आमाबुबालाई पनि बच्चाको बुबा को हुन् भन्नेबारे अझै जानकारी छैन।

शर्मिलाले केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा बच्चा जन्माएकी हुन्। त्यही बेला पनि शिशु छोड्न खोजेकी थिइन् तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन्। शिशु भेटिएको केही समयपछि शर्मिलालाई फोन गरिएको थियो। उनले आफू डडेल्धुरामा रहेको बताएकी थिइन्। ेउनले यसअघिपनि एक जनासँग बिबाह गरेकी थिइन् । उनीसँग सम्बन्ध राम्रो भएन । त्यसपछि अरुबाट नै बच्चा जन्माएको पूर्व पतिको दावी छ । उनले फेरि अर्को बिहेको तयारी गरेको बुझिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस