२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरगन्जमा हिन्दूवादीहरुको कडा प्रदर्शन, अवस्था तनावग्रस्त

 

वीरगन्ज । सर्लाहीको मलंगवामा हिन्दुमाथि आक्रमण भएको विरोधमा वीरगन्जमा हिन्दूवादीहरुले आन्दोलन सुरु गरेको छ । हिन्दूवादीहरुले आज दिउँसो जुलुस निकालेका हुन् । सो क्रममा पसलहरू बन्द गराएपछि अहिले वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ ।

सम्भावित घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दूवादीहरुले आक्रमणकारीलाई कडा कारबाही गर, हिन्दु राष्ट्र घोषणा गर, हिन्दु एकता जिन्दाबाद नारा लगाइरहेका छन् ।

मलंगवामा बिहीबार राति मूर्ति सेलाउन जानेक्रममा दुई समुदायबीच झडप भएको थियो । एक हिन्दू युवकमाथि छुरा प्रहार गरिएको छ । घटना उग्र रूप लिएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस