२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङमा खुकुरी प्रहारबाट महिलाको मृत्यु, २ जना घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् ।

शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

त्यस्तै खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस