२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनिश्चितकालका लागि विद्यालय बन्द : गुरुवर्गको आन्दोलनमा साथ दिन अभिभावकलाई आह्वान

खोटाङ । शिक्षकहरुको आन्दोलनले अन्ततः अनिश्चित कालका लागि विद्यालय बन्द गराएको छ । अर्को सूचना जारी नभएसम्म विद्यालयहरु बन्द हुन थालेका छन् । साथै गुरुवर्गको आन्दोलनमा साथ दिन अभिभावकलाई आह्वान गर्न थालिएको छ । विद्यालय व्यावस्थापन समितिले नै सूचना जारी गर्दै विद्यालय बन्दको घोषणा गरिरहेको देखिन्छ ।

खोटाङको एक विद्यालयका विव्यासा अध्यक्षले दिवस रिजालले सूचना नै जारी गरेर विद्यालयका सम्पूर्ण शिक्षक–गुरुवर्गहरु काठमाडौंमा आन्दोलनरत हुनुभएकाले आजको मितिबाट अर्को सूचना नआएसम्म युवावर्ष आधारभूत विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको सुचना अवगत गराउन चाहन्छु भनेका छन् । नोटमा सबै अभिभावक ज्यूमा शिक्षक आन्दोलन प्रती समर्थन गरि सहयोग गरिदिनुहुन हार्दिक आह्वान गर्दछु भनिएको छ । यस्तै सूचना देशभर आउन थालेका छन् ।

यसैगरी जिल्लाका सबै शिक्षक संगठनहरुले जिल्लाभरका बिद्यालय अनिश्चित कालका लागि बन्दको घोषणा गरेका छन् । बिद्यालय बन्द गरेर आन्दोलनमा होमिन सबैलाई अपिल समेत गरेका छन् । संयुक्त प्रेस विज्ञप्ति मार्फत भनिएको छ,

संयुक्त प्रेसविज्ञप्ति
प्रस्तुत विषयमा यहि मिति २०८० साल भाद्र २७ गते बुधबारका दिन सम्मानित संघीय सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० ले हामी सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारी वालविकास सहजकर्ता लगायत सम्पुर्ण पेशाकर्मीहरुको ट्रेडयुनियन अधिकार, शिक्षकका पेशागत वृद्धि विकास, पेशागत सुरक्षा लगायतका तमाम समस्याहरु र नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को शिक्षा सम्वन्धी हकमा व्यवस्था भएका अनिवार्य र निशुल्क शिक्षा प्राप्त गर्ने मौलिक हक र धारा ३९ को बालबालिका सम्बन्धी हकमा उल्लेखित प्रारम्भिक वालविकास र बालसहभागिताको हक समेत निमुट पार्दै सार्वजनिक शिक्षालाई ध्वस्त गरेर शिक्षामा व्यापक नीजिकरण व्यापारीकरण र व्यवसायीकरण गर्दै शिक्षा क्षेत्रमा ठुलो खाडल सिर्जना गर्ने योजनाका साथ ल्याइएको पञ्चायत कालको शिक्षा ऐन २०२८ भन्दा कालो शिक्षा विधेयक २०८० का विरुद्धमा शिक्षक महासंघद्दारा आयोजित आन्दोलनप्रति एकिवद्धता जनाउदै यहि मिति २०८० साल असोज ३ गतेदेखि हुने काठमाण्डौ केन्द्रित आन्दोलनमा नेपाल शिक्षक महासंघ खोटाङको व्यानरमा गोलबद्ध भइ उत्साहका साथ सहभागी भएर आन्दोलनलाई चरमोत्कर्षमा पुर्याइ हाम्रा तमाम माग पुरा नभए सम्म आन्दोलनमा यस खोटाङ जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालयहरु अनिश्चित कालका लागि बन्द गरि घर नबसी अनिवार्य रुपमा सहभागी हुनका लागी खोटाङ जिल्लामा कार्यारत सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारी, वालविकास सहजकर्ताहरुलाई हार्दिक आहवान गर्दछौ साथै सम्पूर्ण विध्यार्थी, अभिभावक तथा सरोकारवालाहरुमा यो अनुरोध गरिन्छकी हिजोदेखि नेपाली शिक्षकहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा छौं । आजदेखी सम्पूर्ण बिध्यालयहरु अनिश्चित कालिन बन्द हुनेछन । 

यो बीचमा विध्यार्थीहरुको पढाइमा पुगेको क्षती बिदाको दिन पढाएर पूरा गर्ने घोषणा गरेकोले खोटाङमा पनि सोही हुने कुरा जानकारी गराइन्छ यो आन्दोलनमा हजुरहरु सबैको सहयोगको अपेक्षा गरेका छौ। आउन बाकी शिक्षकहरु काठमाडौं आउन पनि आव्हान गर्दछौ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस