२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संविधान दिवस मनाउँदा कर्मचारी ‘थाकेकाले’ मण्डनदेउपुरमा आज सबैलाई ‘थकान बिदा’

काभ्रेपलान्चोक, असोज ४ गते । सुन्दा पनि अचम्म लाग्छ, स्थानीय तहले थकान बिदा दियो भन्दा । तर काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले असोज ४ गते बिहीबार ‘थकान बिदा’ दिने निर्णय गरेको छ ।

कार्यालयले बुधवार सूचना जारी गर्दै नवौँ संविधान दिवसको अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि तीन दिनदेखि निरन्तर खटिएको र उक्त क्रममा नगरका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि थकित भएका कारण बुधवार कार्यालय अन्तर्गतका सबै निकायको सेवा बन्द हुने जनाएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै बिहीबार नगरपालिका कार्यालयका साथै त्यस मातहतका कार्यालयहरू, विद्यालयलगायतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संस्थाहरूलाई बिदा गरिएको उल्लेख छ । नवौँ संविधान दिवसको अवसर पारेर बुधवार बाजागाजासहितको र्यालीसहित बजार परिक्रमा गरी नयाँ भवनमा पूजाआजा गरी नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

नगरपालिकाले बुधवारबाट नयाँ भवनबाट सेवा सुरु गरे पनि राजनीतिक दलहरूलाई बेवास्ता गर्दै नयाँ भवनमा सर्ने निर्णय गरेको भन्दै केही जनप्रतिनिधिले कार्यक्रम बहिष्कार समेत गरेका थिए ।

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस