२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टीकापुर घटनाका संलग्न व्यक्ति फूलमालासहित गृहबाट रिहा

लेखनाथ, असोज ३ गते । टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलालीका २३ वर्षीय श्रवण चौधरी बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी दिनुभयो ।

२०७२ भदौ २५ पक्राउ परेका चौधरीलाई माघ १५ गते बाल सुधार गृहमा ल्याइएको थियो । त्यसबेला चौधरीको उमेर १५ वर्षको थियो । १० वर्ष कैद सजाय पाएका चौधरीलाई राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा बाँकी कैद माफी दिनुभएको हो । पोखरामा रिहा भएकालाई स्वागत गर्न नागरिक उन्मुक्ति गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ लगायत पुग्नुभएको थियो । यसअघि सो मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर हुनुभएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसक्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस