२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले माअ‍ोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराउनुभयो ।

 

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस