२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ब्याजदर ११.३५ % ले बढाए (सूची सहित)

Nepali commercial bank

काठमाडौं । असोजको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये सात वटाले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्। बैंकहरूले असोजमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। भदौमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत ब्याजदर दिएका थिए। प्राइम कमर्सियल, नेपाल एसबिआई, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्। यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम सात प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिटेन्स मुद्दती खातामा भने योभन्दा बढी ब्याजदर पाइन्छ।

बैंक मुद्दती

बैंक मुद्दती
असोज भदौ
एनएमबी   देखि९.९९ ८.१०  देखि९.९९
प्राइम ११.३५८ १०.५
कुमारी ९.५१ देखि १०.११ १०.८९६
नेपाल एसबीआइ ७.२०  देखि१० ७.२०  देखि  ९.९९
हिमालयन  ७.९९ देखि ११.०५ ७.९९  देखि९.९९
प्रभु १० १०
सिद्धार्थ ८ देखि ९.९९ ९.९९
माछापुच्छ्रे     देखि९.९९   देखि९.९९
राष्ट्रिय वाणिज्य  ९.५ ९.९९
स्ट्याण्डर्ड चार्टर्ड  ७.७९ देखि ९.२९ ८.९२
एनआइसी एशिया १०.८९ १०.८९
लक्ष्मी सनराइज १० ९.९९ देखि  १०.४०
नेपाल बैंक ९.२९ १०.८९६
कृषि विकास ९९.५१ देखि १०.०११९ ९.५१ देखि १०.८९६
सिटिजन्स १०.०५ १०.८९६
ग्लोबल आइएमई १०.५ १०.८९६
एभरेष्ट  ११.०५ ९.२५  देखि १०
नबिल   १०.०५४ देखि ११.०५४  ९.४९देखि १०.४९
नेपाल इन्भेष्टमेन्ट मेगा  १० देखि ११.०३ ९.९९
सानिमा ९.५० देखि ९.९५ ९.५२६ देखि १०.८९६

त्यस्तै, ५ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। प्राइम कमर्सियल, हिमालयन, कृषि विकास, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर बढाएका हुन्। असोजमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.९५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। भदौमा वाणिज्य बैंकहरूले ४.९७ प्रतिशतदेखि ७.९६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए। धेरै वाणिज्य बैंकहरूले असोजमा मुद्दती निक्षेपको ब्याजदर घटाउनेछन् भन्ने अपेक्षा विपरीत बैंकहरूले ब्याजदर बढाएका हुन्। पछिल्लो समय अर्थमन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको थियो। यससँगै बैंकहरूमा ६३ अर्ब बराबरको निक्षेप थपिएको थियो।

यसरी स्थानीय तहको रकम दिँदा ब्याजदर बढाउन नपाइने शर्त अर्थमन्त्रालयले राखेको बताइएको थियो। तर, यस्तो रकम केही वाणिज्य बैंकहरूमा मात्रै रहने भएकोले सबैले ब्याजदर घटाउन नसक्ने र थप बढाउनु पर्नसक्ने केही बैंकरहरूले बताउँदै आएका थिए। असोजको लागि आठ वटा वाणिज्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बाँकीको ब्याजदर भने स्थिर छ। केहीले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेपनि न्यूनतम दर भने घटाएका छन्।

बैंक साधारण बचत

बैंक साधारण बचत
असोज भदौ
एनएमबी ५ देखि    ५ देखि   
प्राइम ६.३५८ देखि ८.३५८ ५.५० देखि  ७.५०
कुमारी ६.०५४ देखि ७.९६६  ५.९६ देखि  ७.९६
नेपाल एसबीआई ५.५१ ५.९६
हिमालयन  ६.०५ देखि ८.०५ ५.४० देखि    ७.४०
प्रभु ५ देखि ८
सिद्धार्थ   देखि ७   देखि ७
माछापुच्छ्रे    देखि       देखि   
राष्ट्रिय वाणिज्य  ४.९५ देखि ६.५० ४.९९ देखि  ६.६६
स्ट्याण्डर्ड चार्टर्ड  ४.९५ देखि ६.५५ ४.९७ देखि  ६.५७
एनआइसी एशिया ५.९६  देखि ७.९६ ५.९६  देखि ७.९६
लक्ष्मी सनराइज ५.४० देखि ६.४० ५.४०   देखि   ७.४०
नेपाल बैंक ४.९५३ देखि ६.९५३ ५.९६ देखि ७.९६
कृषि विकास ५.५१९ देखि ७.११ ५.९६ देखि ७
सिटिजन्स ५.०५ देखि ७.०५ ५.९६ देखि ७.९६
ग्लोबल आइएमइ ५.५० देखि ७.५० ५.९६ देखि ७.९६
एभरेष्ट  ६.०५४ देखि ६.७५ ५ देखि  ७.५०
नबिल  ६.०५४ देखि ८.०५४ ५. ९० देखि  ७ .९०
नेपाल इन्भेष्टमेन्ट मेगा  ६.०३ देखि ८.०३ ५.२५   देखि  ७.२५
सानिमा ४.९५३ देखि ६.९५३ ५ .९०  देखि  ७.९०

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस