२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाकपमा श्रीलंकाविरुद्ध भारतको चमत्कार : १५ ओभरमा मात्र ५० रन दिएर अलआउट

काठमाडौं । एसियाकपमा श्रीलंकाविरुद्ध भारतको चमत्कार देखाएको छ । भारतले १५.२ ओभरमा मात्र ५० रन दिएर श्रीलंकालाई अलआउट गराएको छ ।

१३ औं ओभरमा ४० रनको स्कोरमा श्रीलंकालाई आठौं झटका लागेको थियो। त्यसपछि मात्र १० रन थपेर सबै आउट भए । हार्दिक पाण्ड्याले डुनिथ भेलाल्गेलाई विकेटकिपर राहुलको हातमा कैच आउट गराए। भेलाल्गेले २१ बलमा आठ रन बनाउन सके । १३ ओभरपछि श्रीलंकाको स्कोर आठ विकेटमा ४० रन थियो । प्रमोद मदुशन र दुशन हेमन्तपनि केही क्षणमा नै ढले ।

यसअघि सिराजले ६ विकेट लिएका थिए । एसिया कपमा कुनै बलरले एक खेलमा ६ विकेट लिएको यो दोस्रो पटक हो । यसअघि श्रीलंकाका पूर्व मिस्ट्री स्पिनर अजन्था मेन्डिसले २००८ मा कराँचीमा गरेका थिए । उनले भारतविरुद्ध ६ विकेट लिएका थिए ।

श्रीलंकाको सम्पूर्ण टोली ५० रनमा सिमित भयो । यो भारत विरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंकाको सबैभन्दा कम स्कोर हो। यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई २२ ओभरमा ७३ रनमा अलआउट गरेको थियो । यति मात्र होइन, यो भारतविरुद्धको एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीको सबैभन्दा कम स्कोर हो। यसअघि बंगलादेशले सन् २०१४ मा मिरपुरमा भारतविरुद्ध ५८ रन बनाएको थियो ।

५० रनको स्कोर कुनै पनि एकदिवसीय फाइनलमा सबैभन्दा कम स्कोर हो। यसअघि शारजाहमा भएको एसिया कप २००० मा श्रीलंकाविरुद्ध भारतीय टोली ५४ रनमा अलआउट भएको थियो । अहिले श्रीलंकाले योभन्दा कम स्कोर बनाएको छ । अर्थात श्रीलंकाले बनाएको ५० रनको स्कोर पनि एसिया कपको न्युनतम स्कोर हो ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस