२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्व–पश्चिम राजमार्गमा विस्फोट,आधा सडक क्षतविक्षत

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेमा विस्फोटक पदार्थ विस्फोट भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ ।

उक्त विस्फोटक पदार्थ द्धन्द्धकालिन माइन हुनसक्ने अनुमान गरिएको छ । विस्फोटले सडकको आधा बाटो नै क्षतविक्षत भएको छ । विस्फोट भएको स्थानबाट खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको बुझिएको छ । तर मानविय क्षति भने भएको छैन् ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस