२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विमान दुर्घटना हुँदा १२ यात्रुसहित २ चालकको मृत्यु

काठमाडौं । ब्राजिलमा शनिबार यात्रु बोकेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटना अमेजन वर्षावन नजिकैको लोकप्रिय पर्यटक गन्तव्य बार्सिलोसमा भएको हो। बार्सिलोनाका गभर्नर विल्सन लिमाले दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको ट्वीट गरेका छन् । विमान दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अर्कोतर्फ, सरकारी अधिकारीहरूले घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे।

स्थानीय सञ्चारमाध्यमका अनुसार ब्राजिलको एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप EMB-110 विमान अमेजनस राज्यको राजधानी मनौसबाट उत्तरी अमेजन प्रान्तको बार्सिलोसका लागि १८ जना यात्रुसहित उडेको थियो। दुई शहरबीचको यात्रा डेढ घन्टा लाग्छ । विमान अमेजनको सहायक नदी रियो नेग्रो नजिकै दुर्घटनाग्रस्त भएको थियो । यो स्थान नजिकै धेरै राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्रहरू छन्।

राज्य सुरक्षा सचिव भिनिसियस अल्मेडाले मानौस एरोट्याक्सी विमान दुर्घटनामा ज्यान गुमाउने सबै ब्राजिलियनहरू खेलकुद माछा मार्ने क्षेत्रमा आएका थिए। पीडितमा अमेरिकी नागरिक पनि रहेको देखिन्छ । प्राविधिक गडबडीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस