२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने छ । यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ । क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेको बुझिएको छ । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने बताएका छन् । पारस खड्काले सचिवमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस