२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IND vs SL Highlights : श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा, कुलदीपले चार विकेट लिए

IND vs SL Highlights : एसिया कपको सुपर–४ चरणको दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । योसँगै टीम इन्डिया फाइनलमा पुगेको छ । अब भारतले श्रीलंका र पाकिस्तानबीचको खेलको विजेतासँग खेल्नेछ । तर, यसअघि भारतले बंगलादेशसँग खेल खेल्नु पर्ने छ । श्रीलंकासँगको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै २१३ रन बनाएको थियो र जवाफमा श्रीलंकाको टिम १७२ रनमा सिमित भयो ।

भारतले श्रीलंकालाई यसरी हराएको थियो
भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । योसँगै टीम इन्डिया एशिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा २१३ रन बनाएको थियो । जवाफमा श्रीलंकाको टोली ४१.३ ओभरमा १७२ रनमा सिमित भयो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । राहुलले ३९ र किशनले ३३ रनको योगदान दिए । श्रीलंकाका लागि डुनिथ भेलालागेले ५ विकेट लिए भने चरिथ असालान्काले ४ विकेट लिए । श्रीलंकाको इनिङ्समा डुनिथ भेलालागेले सर्वाधिक ४२ रन बनाए। धनञ्जय डि सिल्भाले ४१ रनको योगदान दिए । भारतका लागि कुलदीप यादवले ४ विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

भारतले फाइनलमा श्रीलंका र पाकिस्तानबीचको खेलको विजेतासँग भिड्ने सम्भावना छ । तर, वर्षाका कारण खेल रद्द भएमा समीकरण फेरिन सक्छ । बंगलादेशको टोली फाइनलको दौडबाट बाहिर छ र फाइनलमा भारतीय टोलीको स्थान पक्का भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस