२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुवास नेम्वाङको बिहीबार ११ बजे अन्त्येष्टि, सरकारले राजकीय सम्मान दिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार ११ बजे हुने भएको छ । सरकारले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यो दिन सार्वजनिक शोक बिदा हुनेछ ।

सोमबार राति निधन हुनुभएका संविधान सभा समेत रहनुभएका नेम्वाङका दुबै छोरा विदेशमा रहेका कारण उहाँको अन्त्येष्टि बिहीबार मात्र हुने भएको हो । अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र त्यो दिन शोक बिदा दिने सरकारले निर्णय गरिसकेको छ । नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्नुहुनेछ । उहाँ सपरिवार बेलायत बस्दै आउनुभएको छ ।

१५ दिनअघि अष्ट्रेलिया जानुभएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिनुभयो । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै हुनुहुन्छ । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा दिनभर राखेको छ । आज ५ बजेसम्म र भोलि ९ देखि १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने एमालेले सूचना जारी गरेको छ । नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।

अन्त्येष्टि गर्न बेलायत र अष्ट्रेलियाबाट नेम्वाङका छोराहरु फर्किदै, १५ दिन अघि मात्र उडेका थिए कान्छा

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस