काठमाडौं, भाद्र २५ गते । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अङ्कले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो । सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
होटेल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो । ती कम्पनीको सेयर मूल्य क्रमशः ९९८,९.९७ र ९.८७ प्रतिशतले बढेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढ्यो ।
सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८.५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमाउन पुगे । दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो । ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ ।