२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले पाकिस्तानलाई दियो ३५७ रनको विशाल लक्ष्य

काठमाडौं । भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रन बनाएको छ । भारतका लागि विराट कोहलीले सर्वाधिक १२२ रन र लोकेश राहुलले १११ रन बनाए । दुवै ब्याट्सम्यान शतक बनाएपछि अभिजित रहे । यी दुईअघि रोहित शर्मा ५६ रन बनाएर आउट भएका थिए भने शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए । पाकिस्तानका लागि सादाब खान र शाहिन अफ्रिदीले एक–एक विकेट लिए । अब पाकिस्तानले जवाफी ब्याटिङ गर्दैछ ।

बर्षाका कारण आइतबारको खेल सम्पन्न हुन सकेन । २४.१ ओभरपछि भारतको इनिङ्स वर्षाले रोकेको थियो । एसीसीले यस खेलको लागि रिजर्भ डे पहिले नै तय गरेको थियो। यस्तो अवस्थामा आजको खेल सम्पन्न हुनेछ । खेल ४ः४० बजे सुरु भएको थियो। भारतले २४.१ ओभरबाट खेल्न सुरु गरेको थियो । यो खेल ५०–५० ओभर नै खेलाइदैछ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस