२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त अब केही मिनेटमा, ओभर घट्छ या घट्दैन ?

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत–पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०–५० ओभर ब्याटिङ गर्ने छन् । भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । खेल अब यहीबाट सुरु हुन्छ । २४.१ ओभर भारतले खेलिसकेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस